११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक रोजगारी प्रवर्द्धन गर्न श्रम मन्त्रालयमा छुट्टै महाशाखा स्थापना गर्ने तयारी

अ+ अ-

काठमाडौँ । सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरेको छ ।

श्रम मन्त्रालयले आफ्नो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम सर्भे) का क्रममा आन्तरिक रोजगार महाशाखा स्थापना गर्ने तयारी गरेको हो ।

अहिले पनि मन्त्रालयमा रोजगार व्यवस्थापन महाशाखा छ । यस अन्तर्गत वैदेशिक रोजगार शाखा र रोजगार समन्वय तथा सूचना शाखा छन् ।

महाशाखाले आन्तरिक रोजगार प्रवर्द्धनसम्बन्धी राष्ट्रिय नीति, कानुन, मापदण्ड, नियमन र आन्तरिक एवम् वैदेशिक रोजगारसम्बन्धी ऐन नियमहरूको तर्जुमा, संशोधन, विधेयक तथा नियमावलीहरू तयार गरी पेस गर्ने जिम्मेवारी पाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका रोजगारसम्बन्धी प्रतिवेदन संकलन, प्रकाशन तथा वितरण, श्रम शक्ति, श्रम बजार, आन्तरिक तथा वैदेशिक रोजगार एवं बेरोजगारी सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्यांक संकलन, विश्लेषण लगायत सूचना विश्लेषणका काम पनि यही महाशाखाबाटै हुँदै आएको छ ।

विद्युतीय श्रम तथा रोजगार सूचना प्रणालीको स्थापना र व्यवस्थापन, श्रम शक्ति सर्वेक्षण, रोजगार सूचना सेवा तथा श्रमिक आपूर्ति काम, र आन्तरिक तथा वैदेशिक रोजगारको सूचना एवम् तथ्यांक अद्यावधिक गर्ने र प्रदेश तथा स्थानीय सरकारसँग समन्वयको जिम्मेवारी पनि रोजगार व्यवस्थापन महाशाखाले पाएको छ ।

महाशाखाले आन्तरिक रोजगारीको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरूको लगत राख्ने, आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले वैदेशिक सहायतामा सञ्चालित कार्यक्रम तथा आयोजनाहरूको सञ्चालन, समन्वय, अनुगमन तथा मुल्यांकन गर्ने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस