२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदन किराँतीले पशुपतिको जग्गामा चर्च सञ्चालन गराएको आरोप

अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको जग्गामा क्रिश्चियन मिसनरी र चर्च सञ्चालन गर्न दिएको भन्दै हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले सरकारसमक्ष विरोध जनाएको छ ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पशुपतिको जग्गामा रहेको कालोपुलको ज्ञानेश्वर चर्च फेरि सञ्चालन गराएको अभियानले जनाएको छ ।

पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली अध्यक्ष रहेको सो अभियानले आइतबार संस्कृति मन्त्री बद्री पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै आराध्य देव पशुपतिनाथ क्षेत्र र त्यसअन्तर्गतको जग्गाजमिन इसाईहरूका लागि दिइएकोमा फिर्ता गर्न माग गरेको छ ।

पशुपति क्षेत्र विकास कोषको नेतृत्वले विवादास्पद र बेथितिपूर्ण काम गरिरहेको भन्दै अभियानले सनातन धर्मका साथै नेपाल(भारत सम्बन्धलाई समेत नकारात्मक प्रभाव पर्ने कार्य रोक्न मन्त्रीको ध्यानाकर्षण गराएको महासचिव देवेश झाले जानकारी दिए ।

सो अभियानले पशुपति क्षेत्र विकास कोषको मातहत रहेको त्रिशूल-डमरु अकित जग्गालाई मदर टेरेसा ट्रस्टअन्तर्गत पर्ने मिसनरी अफ च्यारिटी चर्च, ज्ञानेश्वर चर्च सञ्चालन गर्न दिएको दाबी गरेको छ ।

त्यस्तै कालोपुलको ज्ञानेश्वर चर्चलाई स्थानीय हिन्दु समाजबाट सञ्चालन रोक लगाएकोमा तत्कालीन मन्त्री सुदन किराँतीबाट फेरि सञ्चालन गराएको दाबीसमेत अभियानको छ ।

सर्वोच्च अदालतबाट निषेध भए पनि पाशुपत क्षेत्रभित्र रहेको मृगस्थलीमा ईसाईहरुलाई चिहान बनाउन दिएको तथा पशुपति मन्दिर परिसरभित्र बाइबल वितरण गर्न खोज्दा पनि कारबाही नभएको आरोप छ ।

सो अभियानले पशुपति परिसरभित्र क्रिश्चियन धर्मावलम्बीहरूलाई कर्मचारी नियुक्त गरेर मन्दिरको पवित्रता संकटग्रस्त बनाएको आरोप लगाएको छ ।

सो अभियानले पशुपति विकास कोषका विकृति र धर्म विरोधी क्रियाकलापकै बीच गौशाला धर्मशालालाई विघटन गराएर सनातन धर्मलाई कमजोर बनाउन खोजिएको आरोपसमेत लगाएको छ ।