जनताले अनुभूत गर्ने गरी कार्यसम्पादन गर्न गृह सचिव दुवाडीको निर्देशन « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जनताले अनुभूत गर्ने गरी कार्यसम्पादन गर्न गृह सचिव दुवाडीको निर्देशन


२६ भाद्र २०८१, बुधबार


काठमाडौँ । गृह सचिव गोकर्णमणि दुवाडीले नागरिकले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।  

आज नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण भ्रमणपछि यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृह सचिव दुवाडीले नेपाल प्रहरी व्यावसायिक संगठन भएको हुँदा यसमा आबद्ध हरेक कर्मचारी इमान्दार, व्यावसायिक, दक्ष र कुशल हुनुपर्नेमा जोड दिए ।

प्रहरी संगठनले गरेको अपेक्षा र प्रहरी कर्मचारीको दक्षता वृद्धिका लागि आवश्यकपर्ने स्रोतसाधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयका लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए ।

उनले विभिन्न समस्या, सीमितता र चुनौतीको बाबजुद पनि नेपाल प्रहरीले समाजमा शान्तिसुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवं कानुन कार्यान्वयनमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस