एमालेले भन्यो-सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब दिएको छैन  « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एमालेले भन्यो-सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब दिएको छैन 


२५ भाद्र २०८१, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताएका छन् । 

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताएका हुन् । 

प्रमुख सचेतक बर्तौलाले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकूलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख स्वयंकै भएको बताए । उनले उपसभामुखको विषय सरकारले सिर्जित गरेको नभई संसदमा उठेको विषय भएको बताए । उनले उपसभामुखले संसद्सँग असम्बन्धित व्यक्तिहरूलाई भिसाका लागि अमेरिकी दूतावासमा पत्र लेख्नुले संसद्को मर्यादामाथि हुर्मत लिएको बताए । 

उनले भने ‘उपसभामुखसँग जोडिएको घटना संसद्को विषय हो । संसदमा उठेका विषय हुन् । सरकारले बनाएको होइन । सरकारद्वार सिर्जित समस्या, विषय होइन । उहाँले गर्नुभएको काम पदीय जिम्मेवारी अनुकूल होइन ।’

प्रमुख सचेतक बर्तौलाले प्रतिपक्ष दलहरूले उपसभामुखको विषयमा संसदमा बोलेर परिस्थिति भड्काउने काम गरेको आरोप लगाए । प्रतिपक्षले सत्ता पक्षलाई उत्तेजित पार्ने कोसिस गरिरहेका उनको भनाई छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस