केदार कार्कीले अनशन बस्ने क्षेत्रलाई प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

केदार कार्कीले अनशन बस्ने क्षेत्रलाई प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा


२५ भाद्र २०८१, मंगलबार


काठमाडौँ। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने तयारी गरेको स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।

दिउँसो साढे १ बजे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।

केदार कार्कीले आज दिउँसो ४ बजे प्रदेशसभा सचिवालय परिसरमा अनशन बस्ने घोषणा गरेका थिए । प्रदेश सभा सचिवालय आसपास देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय आसपास, मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास आसपास ३०० मिटर र जिल्ला प्रशासन कार्यालय आसपास निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस