एक ‘लुकेको’ सचिव पदमा बढुवाका लागि तीन सह सचिवको नाम सिफारिस  « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एक ‘लुकेको’ सचिव पदमा बढुवाका लागि तीन सह सचिवको नाम सिफारिस 


१८ भाद्र २०८१, मंगलबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव (विशिष्ट श्रेणी)पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । 

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार(आज) सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा. कमल प्रसाद पोखरेल, गोविन्द कार्की र महादेव पन्थको नाम सिफारिस गरेको हो । 

पहिलो नम्बरमा सिफारिस भएका पोखरेल शिक्षा मन्त्रालयका सहसचिव हुन् भने दोस्रो नम्बरका कार्की बागमती प्रदेश सरकारको कायम मुकायम प्रमुख सचिव र तेस्रो नम्बरमा भने पन्थ लुम्बिनी प्रदेशको प्रमुख सचिव रहेका छन् । 

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएकामध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । 

२०८० को अन्त्यतिर तत्कालीन सचिव सूर्य गौतम अनिवार्यमा गएसँगै सचिवको दरबन्दी घटाउने भन्दै सो पदमा पदपूर्ति गरिएको थिएन । अझै दुई वटा सचिव पद रिक्त छन् । एकनारायण अर्याल मुख्यसचिव नियुक्त भएसँगै रिक्त हुन पुगेको र तोयनारायण ज्ञवालीले राजीनामा दिई रिक्त रहेको पदमा एक हप्ता भित्रै पूर्ति हुँदैछ । 

प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार यो बढुवामा कायममुकायममा कार्यरत सचिव द्वयमध्येबाटै एक जना बढुवा हुने सम्भावना छ । लगत्तै हुने दुई वटा बढुवामा अहिले सिफारिसमध्ये बाँकी दुई जनाको बढुवा हुँदा प्रदेशबाट कुनै एक सचिव उपत्यका भित्रिने छन् र प्रदेशमा त्यसपछिका ज्येष्ठ सहसचिव रघुराम विष्टलाई कामु प्रदेश सचिवको जिम्मेवारी दिन सक्ने सम्भावना देखिन्छ । 

साथै रामकृष्ण सुवेदी कार्तिक ५ गते अनिवार्य अवकाशमा गएसँगै विष्ट कन्फर्म सचिव हुने र वरिष्ठ सहसचिव बाबुराम अधिकारी कायम मुकायम बन्नेछन् । त्यसपछि शरणार्थी काण्डमा हिरासतमा रहेका सचिव टेकनारायण पाण्डे फागुनमा अवकाश भएपछि कायममुकायमको यात्रा यही टुङ्गिने छ, यदि कुनै ठूलो प्रशासनिक परिघटना नदोहोरिएको अवस्थामा । 

Tags :
प्रतिक्रिया दिनुहोस