२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्ने मन्त्री दाहालको चेतावनी

अ+ अ-

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल नारायणगढ सडकको काम थपिएको समयमा पनि सम्पन्न नभए निर्माण कम्पनीसँग ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले सडक क्रोनिक हुने अवस्थामा पुगेको बताउँदै थपिएको एक वर्षको म्यादभित्र काम सक्न निर्देशन दिए । मन्त्री दाहालले समयमै काम सम्पन्न गर्नका लागि अधिकतम सहजीकरण गर्ने र काम सम्पन्न नभए ठेक्का तोड्न बाध्य हुने बताए ।

मन्त्री दाहालले देशकै लाइफलाइन मानिएको सडकमा जनताले धेरै नै दुःख पाएको भन्दै बर्खालगत्तै कामको गति तीव्र बनाउन निर्माण कम्पनीलाई भनिएको बताए । बुटवल नारायणगढ सडकखण्डको अवलोकन गरेका मन्त्री दाहालले निर्माण कम्पनीका उच्च अधिकारीसँग पनि सरकार निरन्तर सम्पर्कमा रहेको बताए ।

सन् २०१९ बाट निर्माण सुरु गरिएको सडकको हालसम्म ५४ प्रतिशत मात्रै भौतिक प्रगति छ । सरकारको तर्फबाट कुनै समस्या नरहेको र भुक्तानीसमेत ठेकेदार प्रगतिको आधारमा लिइरहेको मन्त्री दाहालले बताए । विदेशी कम्पनीले भन्दा बरु नेपाली निर्माण व्यवसायी भएको भए राम्रो काम गर्थे कि भन्ने बारेमा समेत सोच्न बाध्य भएको उनको भनाइ छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले ठेकेदार कम्पनीलाई धम्काएर, फकाएर भए पनि काम गराइ छाडिने बताए । उनले ठेकेदारले अब लगातार काम गरे १५ महिना भित्र प्रोजेक्ट सक्न कुनै समस्या नरहेको बताए ।

‘सबै कुरा सेटअप छ, बर्खा पछि कामलाई गति दिन पनि सक्ने अवस्था हामीले देख्यौँ, ठेकेदार कम्पनीहरूकै आन्तरिक समस्या होला तर, काम अब सक्नुपर्छ भनेर नै दबाब दिइएको छ , सचिव शर्माले भने, ठेक्का तोडेर जाँदा पनि झनै काम लथालिङ्ग हुने हो कि भन्ने चिन्ता पनि छ ।’