कमला पुल पुनः निर्माणमा दबाब दिन इन्जिनियरहरू आन्दोलित « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कमला पुल पुनः निर्माणमा दबाब दिन इन्जिनियरहरू आन्दोलित


२३ श्रावण २०८१, बुधबार


सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल पुनः निर्माणमा दबाब दिन सिरहाका इन्जिनियरहरूले आन्दोलन घोषणा गरेका छन् । सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले आन्दोलनको घोषणा गरेका हुन् । 

संघर्ष समितिका संयोजक प्रवीणकुमार यादवका अनुसार मंगलबार सरोकारवाला पक्ष तथा बुद्धिजीवीहरुबीच छलफल भएको थियो । उक्त छलफलबाट दबाब सिर्जनास्वरुप आन्दोलनको कार्यक्रम तय गरेको हो । जसअन्तर्गत भोलि बिहीबार सिरहाको महावीर चोकदेखि थाना चोकसम्म दबाब जुलुस गर्ने कार्यक्रम छ । 

आगामी आइतबार सिरहाको बसबिट्टा चोकदेखि मुख्यमन्त्री कार्यालय जनकपुरसम्म मोटरसाइकल जुलुस यात्रा गर्ने संंघर्ष समितिले जनाएको छ । पुल पुनः निर्माण अघि नबढाएसम्म आन्दोलनका थप कार्यक्रम गरिने समितिका संयोजक यादवले बताए ।

मधेशको दीर्घकालीन महत्त्व बोकेको कमला पुल निर्माण नहुँदा सिरहा र सप्तरीका सर्वसाधारण प्रदेशको राजधानी जनकपुरधाम आउन जान  सास्ती भोग्दै आएका छन् । बाढी आएको समयमा तीन गुणा बढी दुरी पार गरेर मात्र जनकपुर आवतजावत गर्नुपर्ने बाध्यता छ । 

प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा समयमा पुल बन्न नसकेको स्थानीयको गुनासो छ । करिब १३ वर्षअघि निर्माण सम्पन्न भई उद्घाटनको तयारी गरिएको बेला  कमला नदीमा आएको बाढीले पुल भासिएको थियो । उक्त पुल अझै पुनः निर्माण हुन नसकेको हो ।

केही दिनअघि मात्रै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पुल निर्माणका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेका थिए । मुख्यमन्त्री सिंहले मधेशको ‘लाइफलाइन’ मानिएको कमला पुललगायत प्रदेशको विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने योजना प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस