दक्षिण कोरियामा गर्मीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो « प्रशासन
Logo ४ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दक्षिण कोरियामा गर्मीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो


२३ श्रावण २०८१, बुधबार


कोरियन भाषा

सोल । दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको र करिब एक हजार सात सय मानिसले गर्मीसँग सम्बन्धित रोगहरूको उपचार गराएको गृह मन्त्रालयले मङ्गलबार जनाएको छ ।

मन्त्रालयका अनुसार अत्यधिक गर्मीका कारण आइतबार ७० वर्षका दुई महिलाको मृत्यु भएको थियो भने दुई दिनअघि खेतमा ढलेर ६५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको थियो ।

देशभर जारी प्रचण्ड गर्मीका कारण मे २० र अगस्ट ४ को बीचमा थप तीन जनाको मृत्युले गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीहरूको कूल सङ्ख्या एक हजार छ सय ९० पुगेको छ । यो गत वर्षको सोही अवधिमा भएको एक हजार छ सय ४६ भन्दा बढी हो ।

हालको उष्ण लहरले दुई लाख ७७ हजार कुखुरासहित तीन लाख तीन हजार पशुधन मरेका थिए । 

गत सातादेखि देशभरको तापक्रम ३५ डिग्रीको हाराहारीमा रहेको र ४० डिग्री सेल्सियससम्म पुगेको छ । 

यहाँ उष्णकटिबन्धीय रातहरूसँगै अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीले पूर्वानुमान गरेको छ  ।

Tags :
प्रतिक्रिया दिनुहोस