काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १८औँ शताब्दीको दाफा फल्चा भजन पुनर्निर्माण गरेको छ । वडा नम्बर ८ स्थित पशुपतिनाथ देवपत्तन भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरेको हो ।
शनिबार सम्पदा तथा पर्यटन समितिका संयोजक एवम् वडा ८ का अध्यक्ष आशामान संगतले पुनर्निर्मित फल्चाको उद्घाटन गरेका हुन् ।
फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८ औँ शताब्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराएको उल्लेख छ । फल्चाले दाफा भजनको संस्कृतिलाई निरन्तरता दिन सहज हुने भएको छ ।