कर्णालीमा काँग्रेसका चार मन्त्रीले आज शपथ लिँदै « प्रशासन
Logo ५ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कर्णालीमा काँग्रेसका चार मन्त्रीले आज शपथ लिँदै


२० श्रावण २०८१, आइतबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारमा सहभागी काँग्रेसका चार मन्त्रीको शपथ आइतबार दिउँसो २ बजे हुने भएको छ ।

मुख्यमन्त्री यामलाल कँडेलले काँग्रेसका चार जना मन्त्रीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यतालिका तय गरेको जनाइएको छ ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउने छन् । सत्ता साझेदार दल नेपाली काँग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो ।

सरकारमा सहभागी हुनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा छन् ।

नवनियुक्त मन्त्रीहरूले आजै शपथ लगतै पदभार ग्रहण गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस