कमल थापाले भने-राजाका कारण देश विकास भएन भन्नेहरू नै ब्रम्हलुटमा मस्त भए « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कमल थापाले भने-राजाका कारण देश विकास भएन भन्नेहरू नै ब्रम्हलुटमा मस्त भए


१९ श्रावण २०८१, शनिबार


काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो राजाको कारण देश विकास भएन भन्नेहरू नै आज ब्रम्हलुटमा मस्त भएको बताएका छन् । राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्वसत्तावादी भएर प्रकट भएको समेत थापाले आरोप लगाए । 

पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिवार कुमारिपाटीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरूले अब जवाफ दिनुपर्ने समय आएको बताए ।

विदेशीहरूले राजनीतिक दलहरूलाई खेलाई राखेको, दबाब र प्रभाव बढाउँदै लगेको चर्चा गर्दै राष्ट्रियता संकटमा पर्दा देशको अस्तित्व रक्षाको लागि आफूहरूले राजा सहितको प्रजातन्त्रको एजेन्डा उठाएको समेत उनले स्पष्ट पारे । राप्रपा नेपाल परिवर्तनको विरोधी शक्ति नभएको बताउँदै अध्यक्ष थापाले निरन्तरता सहितको परिवर्तन जरुरी भएको  बताए ।

कुनै पनि देशले आफ्नो धर्म ,संस्कृति र मूल्य मान्यताको रक्षाबिना प्रगति नगर्ने भन्दै विदेशी शक्तिले बोकाइदिएको भारी बोकेर देशको स्वाधीनताको रक्षा नहुने थापाको दाबी थियो । कार्यक्रममा डा।विष्णु भण्डारी ,राजाराम बर्तौला ‘चुनेली’ र  सुदर्शन केसीले पनि बोलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस