गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग  « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग 


१९ श्रावण २०८१, शनिबार


काठमाडौँ । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

नेपाली काँग्रेस गोकर्णेश्वर नगर समिति वडा नं. ८ एकाइ कार्य समितिले आज जोरपाटीस्थित बेशीगाउँमा आयोजित  कार्यक्रममा उनले काठमाडौँ उपत्यकामा पशुपतिनाथपछि धेरै धार्मिक पर्यटक आउने र पुरातात्त्विक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गर्न प्रदेश मन्त्रालयले पहल गर्ने जानकारी दिए ।

पशुपतिनाथमा श्रीयन्त्रको पूजा, आराधना र गोकर्णेश्वरमा बालयन्त्रको पूजा, आराधना हुने भएकाले उत्तिकै महत्वको मानिने उनको भनाइ थियो ।

गोकर्णेश्वर महादेव मन्दिरका माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पनि काम गर्ने मन्त्री ठकुरीको प्रतिबद्धता थियो । सहकारी क्षेत्रमा आइपरेको समस्या समाधानका लागि पनि प्रदेश मन्त्रालयका तर्फबाट सक्दो सहयोग गरिने उनको भनाइ छ ।  कार्यक्रममा प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले आफू गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख भएदेखि नै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक विकासका लागि काम गरेकाले यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गरिनुपर्नेमा जोड दिए । केन्द्र, प्रदेश र स्थानीय तह मिलेर संस्थागत विकासमा काम गर्नुपर्नेमा उनले जोड दिएका थिए । सहकारी क्षेत्रमा आएको समस्याका कारण अर्थतन्त्र नै संकटमा परेकाले समस्या समाधानमा प्रदेश सरकारले पनि पहल गर्नुपर्नेमा सभापति चालिसेले जोड दिए।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वर महादेव मन्दिरसँगै नगर क्षेत्रका सांस्कृतिक सम्पदाको विकासमा काम गरिरहेको बताए । वाग्मती नदीको उद्गमस्थल वाग्द्वारबाट गोकर्णेश्वर महादेवमन्दिरसम्मको क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरिनुपर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस