काठमाडौँ। कुवेतमा अलपत्र परेका चार जना नेपालीको उद्धार गरिएको छ ।
एजेन्टले कुवेत पुर्याएर करिव चार महिनादेखि अलपत्र पारेका उनीहरूको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो ।
नवलपरासी घर भएका नौ जना मध्य चार जनालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकीय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर)ले जानकारी दिए । अन्य पाँच जनाको उद्धारका लागि पहल भइरहेको मुसलमानले बताए ।