२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्मार्ट र स्माइलिङ सेवा दिन कर्मचारीलाई गृह मन्त्री लेखकको निर्देशन

अ+ अ-

काठमाडौँ । अध्यागमन विभाग पुगेर गृह मन्त्री रमेश लेखकले स्मार्ट र स्माइलिङ सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

मुलुकमा आउने हरेक मानिसले सुरुमा देख्ने देशको अनुहार अध्यागमन भएको भन्दै उनले यसको सेवा चुस्त र दुरुस्त हुनुपर्ने बताए ।

‘तपाईंहरुलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ’, उनले भने, ‘त्यही सम्झेर काम गर्नुस् ।’

देशभन्दा बाहिर जाने मानिसहरूलाई पनि बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको भन्दै मन्त्री लेखकले भने, ‘अलि स्मार्ट र स्माइलिङ हुनुपर्‍यो । गलत ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गरे हुन्छ ।’

पछिल्लो समय भिजिट भिसाका नाममा मानव तस्करी भएको घटनाहरू पनि सुन्नमा आएको भन्दै उनले त्यस्ता अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने बताए । उनले भने, ‘मानव बेचबिखन पूर्ण रूपमा रोकिनुपर्छ, यसमा गृह प्रशासन निर्ममताका साथ प्रस्तुत हुन्छ ।’

मन्त्री लेखकले अध्यागमनसम्बन्धी विधेयक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न समेत निर्देशन दिए । सुशासन र सेवा प्रवाहलाई छरितो बनाउने विषयमा कानून संशोधन गर्ने कुरामा ढिलाइ नगर्ने उनले बताए ।

उनले भने, ‘कानुन निर्माणको विषय मेरो अझ बढी चासो, रुचि र अनुभवको कुरा हो । यसका लागि यो उपयुक्त समय हुनसक्छ ।’

१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखेको समेत गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

कोरोना भाइरसको महामारीपछि नेपाल–भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरूलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकारात्मक छलफल भएको गृह मन्त्री लेखकले बताए ।

सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको योजनाअघि बढेको बताउँदै गृह मन्त्री लेखकले तिंकरमा अध्यागमन कार्यालयको आवश्यकता औँल्याए ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले अन्तरनिकाय समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए ।