देशको व्यवस्था बदल्न कयौँ वीर सहिदका रगत लतपतियो
सिद्धान्त भुली सत्ता मोहले एकाएक कार्यदिशा स्वाट्टै बदलियो ।।
सत्तामा रहँदा सबैले जयजयकार गर्ने र रम्ने अन्ध भक्तिमा
आखिर त्यस्तो के रहेछ सर्वश्रेष्ठ त्यो सत्ता र शक्तिमा ।।
स्वतन्त्र विचार, शक्ति पृथकीकरणको सिद्धान्त र यसको उपयोग
अडम्बरी सत्ताको आड र बलमा भइराको छ चरम दुरुपयोग ।।
प्रतिपक्ष त बस्नै नसकिने सबैलाई यस्तो प्यारो भयो कि सत्ता
आसेपासे नातेदार छानी छानी नियुक्ति दिलाइ सुविधा र भत्तै भत्ता ।।
राज्यका ३ अङ्ग (कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका) बिचको तालमेल
निष्पक्षताको आभाष छैन जनतामा भइराछ भित्रभित्रै बार्गेनिङ र जालझेल ।।
गणतन्त्र र सङ्घीयताको मुलमर्म थियो सरल सेवा प्रवाह तथा शुसासान
राजनैतिक अस्थिरताले कल्पित सुशासनमा रुमलियो भयो हाम्रो प्रशासन ।।
नामले राजनीति तर व्यवहारले भएको लाजनितिले छायो तिव्र वितृष्णा
कुर्सी मोह,क्षणिक स्वार्थले भरिएका गठबन्धनले यत्रतत्र छ व्यापक घृणा ।।
सत्ता कयौँ फेरिए बदलिएन देशको अवस्था निराशाले देश छाड्नेकै छ लर्को
पलायनलाई रोकी उद्यमशीलतामा सामेल गराउन थालौँ अविलम्ब जमर्को ।।
हटाउन भनसुन, भागबन्डा, विसङ्गति, भ्रष्टाचार र अनियमितताको जालो
छाडी गुलामी आफ्नो क्षेत्रबाट आवाज बुलन्द गर्दै अव सचेत गराउने पालो ।।
अबको लक्ष्य समृद्ध देश,सुखी नेपाली समुन्नत समाज र विकास
राजनैतिक स्थायित्व सहितको स्थिर सरकार नै हुनेछ निकास ।।