काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले बोर्ड सदस्य छुम्बी लामालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
क्यानको बिहीबारको बैठकले लामालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
यसअघि क्यान सचिवका रूपमा पारस खड्काले आधिकारिक सूचना दिने गरेका थिए ।







