उमेर हदका कारण एआईजीमा प्रस्तावित पोखरेल डीआईजीमै अवकाश « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उमेर हदका कारण एआईजीमा प्रस्तावित पोखरेल डीआईजीमै अवकाश


२१ असार २०८१, शुक्रबार


काठमाडौँ । उमेर हदका कारण प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि प्रस्ताव गरिएका पोषराज पोखरेल प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाटै अवकाशमा गएका छन् ।

सेवा अवधि बाँकी भए पनि ५६ वर्षे उमेर हदका कारण पोखरेल डीआईजीबाटै शुक्रबार (आज) राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका हुन् ।

१० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

सिफारिस अनुसार बढुवा भएको भए उनी १९ र २० गते दुई दिनका लागि एआईजी हुने थिए । तर यही बीचमा सत्ता साझेदार प्रमुख घटक एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरलको एआईजी बढुवामा कुनै निर्णय गरेन ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख रहेका पोखरेललाई उनको कार्यालयले बिहीबार (हिजो)नै बिदाइ गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस