Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आदिल अन्सारीलाई क्रिकेटमा फर्काउने तयारी गर्दै क्यान


९ असार २०८१, आइतबार


काठमाडौँ । पूर्व राष्ट्रिय क्रिकेट अलराउन्डर आदिल अन्सारीलाई क्रिकेटमा फर्काउने तयारी भएको छ । स्पट फिक्सिङमाको अभियोगमा सफाइ पाएका अन्सारीलाई क्रिकेटमा फर्काउने तयारी भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले आन्तरिक रूपमा उनलाई क्रिकेटमा फर्काउने तयारी गरेको हो । आदिलसहित ५ जनालाई काठमाडौँमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको भए पनि पछि सबैलाई काठमाडौँ जिल्ला अदालतले सफाई दिएको थियो ।

आरोपपछि क्यानसहित क्रिकेटको सर्वोच्च संस्था आइसिसीले अन्सारीलाई अन्तराष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाएको थियो । अदालतबाट सफाइ पाइसकेपछि आइसिसीसँग आवश्यक सम्वन्य भइरहेको क्यान स्रोतले जनाएको छ ।

विस्फोटक ब्याटर आदिल मध्यम गतिका बलर समेत हुन । क्यानका आधिकारिक प्रतियोगिता उनले खेल्न नपाए पनि देशका विभिन्न स्थानमा हुने लिगमा भने आदिल खेलिरहेका छन् ।

आइसिसीबाट उनले अनुमति पाए राष्ट्रिय टोलीमा आदिल पर्ने सम्भावना पक्कापक्की छ ।

Tags :
प्रतिक्रिया दिनुहोस