महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता « प्रशासन
Logo ४ श्रावण २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता


८ असार २०८१, शनिबार


बैतडी । महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए । 

शिवनाथ गाउँपालिका-१ कुस्मतघाटस्थित महाकाली नदीमा आज बिहान १० बजेतिर नुहाउने क्रममा रजनी बेपत्ता भएकी र केही समयपछि नेपाल प्रहरी र स्थानीयले मृतावस्थामा फेला पारेको प्रहरीको भनाइ छ । 

रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड भने बेपत्ता छिन् । उनको खोजी जारी छ । अस्मिताको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको प्रवक्ता पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस