गजल « प्रशासन
Logo ८ श्रावण २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गजल


१ असार २०८१, शनिबार


न उत्साह जित‌को, न पिडा हारको,
न अपेक्षा कहिल्यै, सुन्दर उपहारको ।

तिम्रो इच्छामा नै, यो सारा जीवन समाहित गर्दा,
न विरोध गरे कहिल्यै, पटक पटकका प्रहारको ।

तिमीले सत्याई, अत्याई लत्याई गए पनि,
मल्हम बन्न खोजेकी, तिम्रा प्रत्येक कहरको ।

एसिड भन्दा अझै कडा, जलन भो मलाई,
बरु शीतल हुँदो हो, त्यो जलन जहरको ।

साँच्चिकै दोषी थियौ, कि परिबन्धमा पर्यौ?
कतै सिकार पो भयौ कि, उर्लिँदो जनलहरको?

तिमी कठधारामा, म आशुमा अन्तिम पंक्तिमा,
दिउसै अन्धकार भो, सारा बत्ती निभेझैँ शहरको ।

बज्रपात पर्‍यो, साँच्चै पिडा बोध भो मलाई,
तिमी बन्दा दोषी, त्यो अन्तिम ठहरको ।

प्रतिक्रिया दिनुहोस