गृहमन्त्रीमा राजनीतिक नैतिकता देखिएन : नेता पौडेल « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गृहमन्त्रीमा राजनीतिक नैतिकता देखिएन : नेता पौडेल


२६ जेष्ठ २०८१, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन भइसक्दा पनि सत्तामै बसिरहनु सान्दर्भिक नभएको बताएका छन् । लामिछानेमा नैतिकता नदेखिएको उनको आरोप छ । 

शनिवार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली काँग्रेसको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि पदमा बसिरहनु ‘नाङ्गो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ जस्तै हो भने । नैतिकता बोध नगरिने अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय रहेको बताए । 

‘काँग्रेसले ७३ लाख जनता जोडिएको एउटा मुद्दालाई निर्णायक मोडमा पुर्‍याएको छ । काँग्रेसले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरू जोडिएको अवस्था हो । सत्तालाई सम्पूर्ण रूपमा दुरुपयोग मुद्दा उठ्न नदिन, गुपचुप राख्न, प्रमाण लुकाउन सम्पूर्ण रूपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको स्थिति थियो,’ उनले अगाडि भने, ‘हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिरहेका छौं उहाँले राजीनामा दिनुपर्दैन भनेर फकाउने काम भएको छ ।’

उनले भने,‘कोही नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन । त्यसैले संसदले छानबिन समिति गठन भयो, त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास एउटा गम्भीर प्रतिगामी कदम हो । ’

उनले नेपाली राजनीतिमा जसलाई प्रश्न छ उनलाई छानबिन गरिएको र तिनै व्यक्तिले सत्ता चलाउने खालको अभ्यास भइरहेको भन्दै त्यस्तो प्रवृत्ति काँग्रेसले अन्त्य गरेर छाड्ने जिकिर गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस