Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै


२३ जेष्ठ २०८१, बुधबार


कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने शुक्लाफाँटा नगरपालिकाको वनसमिति, झलारी कलुवापुर बजार क्षेत्रको सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने काम सुरु गरिएको छ । 

सडक डिभिजन कार्यालय महेन्द्रनगरको समन्वयमा नगरपालिकाले वनसमिति बजारबाट अतिक्रमण गरी निर्माण गरिएका छाप्रा, खोका, ठेला, बरण्डा, सिँढीलगायतका संरचना हटाउने काम सुरु गरेको हो ।

“सडक क्षेत्राधिकार मिचेर निर्माण गरिएका संरचनासँगै सडक क्षेत्रमा थुपारिएको निर्माण सामग्री हटाउने काम सुरु गरेका छौँ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले भने, “सडक क्षेत्रको जग्गामा अनुमतिविना निर्माण सामग्री राख्नेसँग कानुनअनुसार जरिवाना लिने काम भइरहेको छ ।”

सडकको दुवैतर्फको अतिक्रमण नहटाउँदासम्म अभियान जारी रहने उनले उल्लेख गरे । उनका अनुसार सडक क्षेत्रको जग्गा अतिक्रमण गरी निर्माण गरिएका दुई दर्जन बढी संरचना हटाइएका छन् ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सव इन्जिनियर भोजराज रानाले सडकको बीच भागबाट दायाँबायाँ २५-२५ मिटर क्षेत्रको अतिक्रमण हटाउने काम भइरहेको बताए । “सडक क्षेत्रको अतिक्रमण हटाए पछि बजार क्षेत्रको सौन्दर्यता थपिन्छ”, उनले भने, “सडक क्षेत्रमा देखिने ट्राफिकको समस्या पनि हट्छ, सडक विस्तारमा सहयोग पुग्छ ।”

उनका अनुसार यसअघि पूर्वपश्चिम राजमार्गको भीमदत्त नगरपालिकाको गड्डाचौकीदेखि वेदकोट नगरपालिकाको दैजीसम्मको सडक अतिक्रमण हटाइएको छ । आउँदो आवदेखि सडक चौडा गर्ने काम सुरु हुने उनको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस