बरु बाघ भालु लैजानुहोस्, चिडियाखाना कुनै हालमा सार्न दिँदैनौँ : चिरिबाबु महर्जन  « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बरु बाघ भालु लैजानुहोस्, चिडियाखाना कुनै हालमा सार्न दिँदैनौँ : चिरिबाबु महर्जन 


२३ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्य विनायकमा सार्न नदिने प्रष्ट पारेका छन् । 

बुधबार वातावरण दिवसको अवसर पारेर ललितपुरको जावालाखेलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख महर्जनले महानगरले चिडियाखानाको विकासमा सहकार्य गर्दै आएको र थप गर्ने बताए ।  

यस्तै, उनले चिडियाखाना भित्र रहेको पोखरीमा पानीको मुहान सुकेको प्रति चिन्ता व्यक्त गरे । उक्त पोखरीको संरक्षण गर्न टिकाभैरवबाट पानी ल्याएर पोखरीमा पानी हाल्ने महानगरको योजना टेण्डर प्रक्रियामा पुगेको जानकारी गराउँदै उनले उनले भने, ‘हामीले टेण्डर गरिसकेका छौँ त्यो मूल्याङ्कनको चरणमा छ । हामी टिका भैरवको पानी ल्याउँछौँ र त्यो सप्तपातल पोखरीमा भरिसकेपछि एउटा कूलो बनाएर चिडियाघरको बिचमा रहेको पोखरीमा हामी पानी ल्याउँछौँ भनेको थिए त्यो काम होला होला जस्तो भइरहेको छ ।’

चिडियाखानाको विकासका लागि राम्रो योजना बनाएर लयाए सहकार्य गर्न महानगर तयार रहेको बताएका महर्जनले चिडियाखाना सूर्य विनायकमा सार्न भने नदिने दाबी गरे । 

‘आज हाम्रो मन्त्रीज्यु पनि हुनुहुन्छ मैले यो कुरा भन्नै पर्ने हुन्छ, यो सरदर चिडियाखाना हामी सूर्य विनायकमा सार्न दिँदैनौ । तपाईंहरु अर्कै बनाउनुहोस् यहाँ बढी भएका बाघ भालु बरु लानुहोस् तर यो ठाउँ चाहिँ हामी सार्न दिँदैनौ,’ महर्जनले भने । 

राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०११ मा जावलाखेलमा रहेको सदर चिडीयाखाना साँघुरो भएका कारण जीवजनावर राख्नको लागि नयाँ र आधुनिक किसिमको  चिडियाखाना निर्माण गर्नुपर्ने आवश्यकता अध्ययन मार्फत औंल्याएको थियो । 

त्यसपछि २०७१ माघ १० गते मन्त्रिपरिषद् बैठकले भक्तपुरको सूर्य विनायकमा चिडियाखाना बनाउने निर्णय गरेको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ३ गते उक्त आयोजनाको शिलान्यास समेत गरिसकेका छन्  तर, चिडियाखाना निर्माण योजनाले गति लिन सकेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस