काठमाडौँ । १८ जना बालबालिकालाई काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
मुगु र हुम्लाबाट बालबालिका ल्याएर काठमाडौँ आउँदै गर्दा सोमबार राति १ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट नाम्गेल छिरिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बालबालिकाका आमाबुवाको सहमति र केही वडा कार्यालयको सिफारिसमा बालबालिकालाई काठमाडौँ लैजाँदै गरेको भए पनि अन्य आवश्यक कागजपत्र नपुगेको कारण बालबालिकालाई लैजाँदै गरेका छिरिङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । १८ जनामा १६ बालिका र २ बालक छन् ।