करिब १२ खर्ब पुग्यो प्रक्रिया मिचेर राज्य कोषबाट खर्च भएको बेरुजु « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

करिब १२ खर्ब पुग्यो प्रक्रिया मिचेर राज्य कोषबाट खर्च भएको बेरुजु


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । कानुन र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । 

महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेस गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा ठूलो मात्रामा थप भएपछि हालसम्मको बेरुजु रकम करिब १२ खर्ब बेरुजु पुगेको उल्लेख छ ।

यो वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, सङ्गठित संस्था, समिति तथा अन्य संस्था समेतको ७८ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँको लेखापरीक्षण गर्दा १ खर्ब २७ अर्ब ७४ करोड बेरुजु देखिएको छ ।

कार्यालयका अनुसार आव २०७९/८० सम्मको कुल अद्यावधिक बेरुजु मात्रै ६ खर्ब ६९ अर्ब रुपैयाँ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस