राष्ट्रिय सभा बैठक बस्दै « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

राष्ट्रिय सभा बैठक बस्दै


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ः३० बजे बैठक बस्न लागिएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबाट गत जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि छलफलको त्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपछि राष्ट्रिय सभा अध्यक्षले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस