संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउने जिम्मा शीर्ष नेतालाई « प्रशासन
Logo ८ असार २०८१, शनिबार
   

संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउने जिम्मा शीर्ष नेतालाई


१२ जेष्ठ २०८१, शनिबार


काठमाडौँ । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीचको छलफल सकारात्मक भएको कार्यदलका सदस्यहरूले बताएका छन् ।

संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन गठित कार्यदलका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलले कार्यादेशबारे लगभग टुङ्गो लगाएको छ ।

यसलाई शनिबार नै बालुवाटारमा बस्ने शीर्ष नेताको बैठकले अन्तिम रूप दिने उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस