संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक जारी « प्रशासन
Logo ८ असार २०८१, शनिबार
   

संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक जारी


१२ जेष्ठ २०८१, शनिबार


काठमाडौँ । सहकारीको बचत रकम अपचलनमा नेपाली काँग्रेसको माग अनुसार बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउने कार्यदलको बैठक सुरु भएको छ । कार्यदलका सदस्यहरूले शनिवारको बैठकबाट सहमति हुने दाबी गरेका छन् ।

संसदीय समिति गठन र सङ्कटग्रस्त सहकारीबारे अध्ययन गर्न र सुझाव दिन कार्यदलमा सहमति छ । तर गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्ने भाषा टीओआरमा राख्न सत्तापक्षले अस्वीकार गर्दै आएको छ भने नेपाली काँग्रेसले गर्नैपर्ने अडान राखेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजन गर्ने कार्यदलमा नेपाली काँग्रेसबाट जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट महेश बर्तौला, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस