ओलीको गृह नगरमा अध्यक्षमै ५ जना आकांक्षी « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

ओलीको गृह नगरमा अध्यक्षमै ५ जना आकांक्षी


१० जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकको दोस्रो नगर अधिवेशन सुरु भएको छ । ओलीले एमाले दमकको अधिवेशनको उद्घाटन गरे । जिल्लामा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न सफल भएका ओलीलाई गृहनगरका आकांक्षीको व्यवस्थापनमा भने सकस परेको छ ।

झापा जिल्ला अधिवेशनमा सर्वसम्मत रूपमा कमिटी बनाएको जस लिएका ओलीले भने दमक नगर अधिवेशनमा ५ जना आकांक्षीको व्यवस्थापन गर्नुपर्ने ठाउँमा पुगेका छन् । जिल्ला अधिवेशनमा असन्तुष्ट बनेको बोधप्रसाद घिमिरेको समूहलाई व्यवस्थापन गर्न उनलाई मुस्किल देखिएको हो ।

दमकको अध्यक्ष पदमा अहिलेका उपसचिव सन्तोष दुलाल, नगर कमिटीका सदस्यहरू राम पौडेल, युवराज घिमिरे, भगवान् बस्नेत र लोकबहादुर अधिकारीको दाबेदारी छ ।

यीमध्ये दुलाल निरन्तर घिमिरेको समूहसँग नजिक भएका नेता हुन् । उनी दोस्रो कार्यकाल उपसचिव रहेका थिए । पौडेल र घिमिरेलाई केन्द्रीय सदस्य रोमनाथ ओली, गोविन्द थापाको समर्थन रहेको छ । तत्कालै निर्वाचनको कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस