१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकल पौडेलकी श्रीमतीसहित परिवारको सम्पत्ति जफत गर्न अख्तियारको माग

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलका परिवारको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ ।

भ्रष्टाचार गरेको आरोपमा पौडेलविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा अख्तियारले उनका बाबुआमा र श्रीमतीको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको हो । अख्तियारले पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै बुधवार अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले पौडेलसहित उनकी श्रीमती एलिना बस्नेत, बाबु धर्म प्रसाद शर्मा पौडेल र आमा शितल पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाउँदै विदेशी बैंकमा समेत रहेको सम्पत्ति जफत गर्न माग गरेको हो । गैरकानूनी सम्पत्ति आर्जन गर्ने कार्यमा उनीहरूले सहयोग गरेको नभेटिए पनि गैरकानूनी रूपले आर्जन गरेको सम्पत्तिबाट आफ्नो नाममा नगद, जिन्सी, सवारी साधन, घरजग्गा खरिद गरी राखेको देखिएकोले उक्त सम्पत्ति जफत गर्न मागदावी गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

‘प्रतिवादी विकल पौडेलकी श्रीमती एलिना बस्नेत, बाबु धर्म प्रसाद शर्मा पौडेल, आमा शितल पौडेलले विकल पौडेललाई गैरकानूनी सम्पत्ति आर्जन गर्ने कार्यमा नै सहयोग गरेको अवस्था नदेखिएको, निजले गैरकानूनी रूपले आर्जन गरेको सम्पत्ति कहाँ, के, कुन कार्य गरी आर्जन गरेको हो भन्ने विवरण थाहा हुन सक्ने अवस्था समेत हालसम्मको अनुसन्धानबाट खुल्न सकेको नपाइएको र निजहरूले विकल पौडेलले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्नो नाममा नगद, जिन्सी, सवारीसाधन, घरजग्गा खरिद गरी राखेको सम्म देखिदा प्रतिवादीहरू एलिना बस्नेत, धर्म प्रसाद शर्मा पौडेल र शितल पौडेललाई निजहरूको नाममा रहेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख), पारस्परिक कानुनी सहायता ऐन, २०७० को दफा १२ बमोजिम जफत तथा असुलउपर गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गर्ने गरी मागदावी लिइएको छ’, अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

कसको नाममा कति सम्पत्ति ?
विकल पौडेल र एलिना बस्नेतको नाममा युनाइटेड ओभरसिज बैंक, सिंगापुर र बैंक अफ अमेरिका नेशनल एसोसिएसन, अमेरिकामा रकम जम्मा हुँदाको प्रचलित विनिमय दर अनुसार २८ करोड ९५ लाख ७५ हजार छ सय ८९ रुपैयाँ ७३ पैसा जम्मा रहेको पाइएको छ ।

एलिना बस्नेतको नाममा जम्मा रहेको रकमसमेत अमेरिकामा रहेको बैंक अफ अमेरिका नेशनल एसोसिएसनमा एलिना र विकलको संयुक्त खातामा सिंगापुरमा रहेको बैंकोटेक प्रा.लि.बाट सिधै रकम दाखिला भएको हुँदा उक्त रकममाथि उल्लेखित कानुनी व्यवस्था बमोजिम बिगो जफत तथा असुल उपर गर्न अख्तियारले मागदावी गरेको छ ।

विकल र एलिना पति–पत्नी रहेको र एलिनाको नामको अमेरिकाको घर खरिद गर्न विकलले एक करोड ५२ लाख ७० हजार सात सय ४० रुपैयाँ रकम गिफ्टको रूपमा एलिनालाई दिएको अख्तियारले जनाएको छ । उक्त घर सम्पत्ति विवरणमा सुरुदेखि नै नदेखाई लुकाई छिपाई राखेको एवं एलिना आयोगले गरेको तामेली म्यादमा अनुपस्थित रहेकी थिइन् ।

घर खरिद गर्दाको बाँकी रकम चार करोड ४२ लाख ६२ हजार तीन सय ६० साठी रुपैयाँको सम्बन्धमा कुनै स्रोत खुलाउन नसकेको अख्तियारले जनाएको छ । घर खरिदको बाँकी रकम विकलले गैरकानूनी रूपमा आर्जित रकम नै प्रयोग भएको अख्तियारले जनाएको छ । अख्तियारले तत्कालीन विनिमय दर अनुसार घर खरिदमा प्रयोग भएको छ करोड पाँच लाख ३३ हजार एक सय रुपैयाँसमेत कानूनी व्यवस्था बमोजिम बिगो जफत तथा असुल उपर गर्न मागदावी गरेको छ ।

विकलले गैरकानूनी रूपमा आर्जन गरेको गैरकानूनी सम्पत्तिबाट नै आमा शितल पौडेलको नाममा घर जग्गा र बाबु धर्म प्रसाद शर्मा पौडेलको नाममा विभिन्न कम्पनीको शेयर तथा सवारी साधनमा लगानी गरेको अख्तियारले जनाएको छ । उनीहरूको नाममा रहेको सात करोड ३१ लाख ८८ हजार नौ सयको सम्पत्ति जफत तथा असुलउपर गर्न अख्तियारले मागदावी गरेको छ ।

यसै गरी विकलले बकस पत्र लिएको शितल र धर्मका नाममा रहेको सम्पत्ति भाइमा अंशबन्डा हुनु अघि नै खरिद गरेको पाइएको छ । तर, आमा शितलले अंशबन्डा पश्चात् एकल छोरा विकललाई मात्र शेषपछिको बकस पत्र गरी दिएकी थिइन् । २०७९ भदौ २९ मा बकस पत्र गरी दिएको पाइएको हो । उनीहरूका दुई सन्तान विकल र विवेक रहे पनि बकस पत्र विकलको नाममा मात्र गरी दिएको पाइएको हो ।

शितलले बयानमा दाजुभाइमा आफूले गरेको कमाइको विषयमा पछि समस्या नहोस् भनेर शेषपछिको बकस पत्र गरेको भनी खुलाएकोबाट उक्त सम्पत्ति विकलले नै गैरकानूनी आर्जन गरी आमाको नाममा लगानी गरी सिर्जित सम्पत्ति भएको पुष्टि भएको अख्तियारले जनाएको छ । अनुसन्धान चलिरहेका अवस्थामा २०८० वैशाख २० को लिखतबाट शेषपछिको बकस पत्र बदर भएको मालपोत कार्यालय र उल्लेखित कित्ताका घर जग्गाहरू खरिद गरेको खर्च रकमका सम्बन्धमा शितलले वैध आय हो भन्ने प्रमाण पेस गर्न सकेकी छैनन् । गैरकानूनी रूपले आर्जन गरेको सम्पत्ति लगानीबाट नै खरिद गरेको देखिएको भन्दै अख्तियारले एक करोड ७० लाख मूल्यको जग्गा जफत/असुल उपर गर्न मागदावी लिइएको छ ।

एलिना र धर्म प्रसादको नाममा नेपालका बैंक तथा वित्तीय संस्थामा रहेको बैंक मौज्दात ११ लाख ६५ हजार नौ सय १२ रुपैयाँ ९२ पैसा पनि जफत/असुल गर्न अख्तियारको मागदावी छ ।

प्रतिक्रिया दिनुहोस