रोकिएको श्रम स्वीकृति दिन सुरु « प्रशासन
Logo २१ जेष्ठ २०८१, सोमबार
   

रोकिएको श्रम स्वीकृति दिन सुरु


८ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । डाउन भएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सर्भरले काम गर्न थालेको छ।

सोमबार बिहानैदेखि फेमिसको सर्भरमा प्राविधिक समस्या देखिँदा दैनिक हुने श्रम स्वीकृति लगायत सेवा दिन सकिएको थिएन।

प्राविधिकहरूले समस्या हेरिरहेका थिए। वैदेशिक रोजगार काठमाडौँ कार्यालय ताहाचलकाले अहिले तत्कालीन समस्या समाधान गरेर श्रम स्वीकृति दिन थालिएको बताएका छन्।

सर्भरमा ओभर लोडका कारण समस्या देखिएको थियो।‌ हिजोदेखि श्रम स्वीकृतिको काम रोकिँदा धेरैको फ्लाइट छुटेको गुनासो थियो।

Tags :
प्रतिक्रिया दिनुहोस