‘पुजार सार्की’ रिलिज छेकोमा पलमाथि प्रहरीको धरपकड ! « प्रशासन
Logo ५ असार २०८१, बुधबार
   

‘पुजार सार्की’ रिलिज छेकोमा पलमाथि प्रहरीको धरपकड !


८ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । फिल्म ‘पुजार सार्की’ यही जेठ १० गतेबाट रिलिज हुँदैछ । फिल्म रिलिजको छेको पारेर फिल्मका नायक पल शाहले प्रहरीले आफूलाई धरपकड गरेको दुई तस्बिर सार्वजनिक गरेका छन् । यी तस्बिर वास्तविक नभई फिल्मको दृश्य हुन् ।

उनले मंगलबार बिहान फेसबुकमा सार्वजनिक गरेको तस्बिरमा पललाई वृद्ध अवस्थाको लुक्समा देखाइएको छ । तस्बिरमा उनलाई प्रहरीले जबरजस्ती पक्राउ गर्न खोजेको देखिन्छ । उनले आफूलाई फिल्मको मेघराज खत्री पात्रका रुपमा चिनाएका छन् ।

‘चलचित्र ‘पुजार सार्की’ रिलिज हुन अब मात्र दुई दिन बाँकी छ । मेरो करिअरमा महत्वपूर्ण चलचित्र ‘पुजार सार्की’ साबित हुनेमा म ढुक्क छु । मैले केही दिन अगाडी पनि भनेको थिएँ कि म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन,’ उनले लेखेका छन् ।

पलले अगाडि लेखेका छन्, ‘आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु । यो तस्बिरबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ ।’

दिनेश राउत निर्देशित फिल्ममा पलसँगै प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतका कलाकारको अभिनय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस