३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दर्जन बढी ठूला जलविद्युत आयोजना निर्माण गर्ने सरकारको घोषणा

अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष (आव) भित्र दर्जन बढी ठूला जलविद्युत् आयोजनाको पूर्वतयारी सक्ने, वित्तीय व्यवस्था गर्ने र निमार्ण अगाडि बढाउने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम संसद्‍मा पेस गर्दै उक्त घोषणा गरेका हुन् ।

सरकारले बूढीगण्डकी र नलसिंगाड जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने घोषणा गरेको हो । दुधकोशी जलाशययुक्त आयोजना निमार्ण पूर्वका कार्य सम्पन्न गर्ने घोषणा गरेको हो ।

यस्तै माथिल्लो अरुण, फुकोट कर्णाली, तामाकोशी-५, जगदुल्लाह र चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सहित कार्यान्वयन सुरु गर्ने घोषणा गरेको हो ।

घुन्सा र सिम्भुवा जलविद्युत् आयोजना रेमिट हाइड्रोको अवधारणा अगाडि बढाउने घोषणा सरकारले गरेको छ । यस्तै कर्णाली चिसापानी जलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने भएको छ ।

प्रसारण लाइनतर्फ हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निमार्ण आगामी आवमा सम्पन्न गर्ने भएको छ । यस्तै बूढीगण्डकी करिडोर प्रसारण लाइन निमार्ण सुरु गर्ने तथा न्यु-बुटवल गोरखपुर प्रसारण लाइन निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको हो ।

इनरुवा-पूर्णिमा र दोधारा-बरेली अन्तरदेशीय प्रसारण लाइनको लगानी विधि तयार गरी निमार्ण सुरु गर्ने घोषणा पनि सरकारले गरेको छ ।

राष्ट्रिय विद्युत् प्रणालीमा नजोडिएका र विद्युत् पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत्, सौर्य एवम् वायु ऊर्जामार्फत् विद्युतीकरण गर्ने तथा आगामी आवभित्र कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा विद्युतीकरण गर्ने घोषणा सरकारले गरेको हो ।

प्रतिक्रिया दिनुहोस