६० जना सहसचिवको सरुवा, हेर्नुस् को कहाँ ? « प्रशासन
Logo २६ जेष्ठ २०८१, शनिबार
   

६० जना सहसचिवको सरुवा, हेर्नुस् को कहाँ ?


१ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । नेपाल सरकारका ६० जना सहसचिवहरूको सरुवा टुंङ्ग्याएको छ । बैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरूका सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

तीन साता लामो रस्साकस्सी र घम्साघम्सीबिच सोमबार मात्रै मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सूची प्रमाणित गरेसँगै सहसचिवको सरुवाले निकास पाएको हो । यसअघि आधा दर्जन बढी पटक सूची फेरबदल गरिएको थियो ।

सम्बन्धित समाचार : ‘केरमेट’मै रुमल्लियो सहसचिवको सरुवा, निर्णय गर्नै सकस

नियमित प्रक्रियाका रूपमा लिइने सरुवालाई पछिल्लो समय निकै ठूलो कामका रूपमा लिइँदै आइएको छ । जसले कर्मचारीलाई अस्थिर त बनाएको छ नै अनावश्यक चलखेलसमेत बढाएको छ ।

हेर्नुस् को कहाँ भए सरुवा ?

Tags :
प्रतिक्रिया दिनुहोस