कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीसहित २ मन्त्रीले लिए शपथ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीसहित २ मन्त्रीले लिए शपथ


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले बेलुका प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन् ।

उनीहरूको जिम्मेवारी भने पछि तोकिनेछ । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका राना केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए । उप्रेती पनि कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस