काँग्रेस संसदीय दलको बैठक स्थगित « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काँग्रेस संसदीय दलको बैठक स्थगित


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । काँग्रेस संसदीय दलको आज (बिहीबार)का लागि तय भएको बैठक स्थगित भएको छ ।

पूर्व मन्त्री, नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको हो । गुरुङको वैशाख २५ गते निधन भएको थियो भने आज अन्त्येष्टि गरिँदै छ ।

शुक्रबारदेखि सुरु हुने संसद बैठकमा पार्टीको रणनीति तय गर्न काँग्रेसले आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हालमा बैठक बोलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस