चिम्टीका अग्निपीडितलाई राहत « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

चिम्टीका अग्निपीडितलाई राहत


२२ बैशाख २०८१, शनिबार


राजविराज (सप्तरी) ।  आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन् ।

नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमका अनुसार सप्तरीले महादेवा गाउँपालिका-१ चिम्टी टोलका अग्निपीडित ६२ परिवारलाई भाँडावर्तनलगायत सामग्री प्रदान गरिएको हो । नेपाल-भारतमैत्री सङ्घले पीडितलाई १० किलो चामल, दुई किलो दाल र नुन, एक किलो चिनी लुङ्गी, साडी, तन्ना, झुल, प्रदान गरेको छ । 

 सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटीले नियमितरूपमा पीडितलाई भोजनको व्यवस्था गरेको छ । गत मङ्गलबार महादेवा गाउँपालिका–१ चिम्टीमा  आगलागी हुँदा त्यहाँका ६२ परिवारका एक सय १४ वटा घर जलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस