सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरी बचतकर्तालाई दिन मन्त्रिपरिषदमा रविको प्रस्ताव  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरी बचतकर्तालाई दिन मन्त्रिपरिषदमा रविको प्रस्ताव 


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई न्याय दिनुपर्ने प्रस्ताव मन्त्रीपरिषद् बैठकमा राखेका छन् । फरार रहेका सहकारी सञ्चालकका सम्पत्ति र तिनले आफन्तका नाममा राखेका सम्पत्तिसमेत खोजेर तत्काल रोक्का गरी लिलाम गर्नुपर्ने उनको अडान छ ।

आजको मन्त्रिपरिषद् बैठकमा लामिछानेले आफू विभागीय मन्त्री नभए पनि क्याबिनेट सदस्यका रूपमा प्रस्ताव राखेको बताए ।

उनले लिखितरुपमा राखेको प्रस्तावमा भनिएको छ, ‘यथाशीघ्र सम्पत्ति लिलाम गरेर गरिबको पैसा तिर्न सुरु गर्ने व्यवस्था मिलाउन जरुरी छ । तिर्न चाहने असल नियत भएकाहरूलाई नियन्त्रणमा राखेर आफैँ हरहिसाब मिलाउने अवसर दिने व्यवस्था गर्न सकिन्छ । त्यसका लागि केही निर्णय गरौँ । आजै आजैबाट अध्यादेश ड्राफ्ट गर्ने निर्णय गरौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस