आगलागी पीडितलाई तत्काल २० हजार रुपैयाँ राहत उपलब्ध गराइने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आगलागी पीडितलाई तत्काल २० हजार रुपैयाँ राहत उपलब्ध गराइने


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । मटिहानी नगरपालिका-६ स्थित जरलाहाबस्तीको आगलागी पीडितलाई राहतस्वरुप २० हजार रुपैयाँ दरले राहत उपलब्ध गराइने भएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले प्रतिपरिवारलाई तत्काल २० हजारका दरले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकमा आगलागी पीडितहरूको राहत, अस्थायी बसोबासका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको हो ।

बुधबार मटिहानी नगरपालिका-६ मा पर्ने जरलाहा बस्तीमा भएको भीषण आगलागीमा परी ९१ वटा कच्ची, ९ वटा अर्धपक्की गरी १ सय वटा घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस