शरणार्थी प्रकरणमा शमशेरलाई साधारण तारेख, गोविन्द र आङटावालाई धरौटीमा छाड्ने आदेश « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

शरणार्थी प्रकरणमा शमशेरलाई साधारण तारेख, गोविन्द र आङटावालाई धरौटीमा छाड्ने आदेश


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटमा फैसला गरेको छ । गत चैत २५ गतेदेखि हेर्दाहेर्दैमा राखिएको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले चौथो सुनुवाइमा फैसला दिएको हो ।

बिहीबार भएको फैसलाले थुनामा रहेका मुस्लिम आयोगका तत्कालीन अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा छोड्ने आदेश गरेको छ भने गोविन्दकुमार चौधरी र आङटावा शेर्पालाई धरौटीमा छोड्ने आदेश गरेको छ । बाँकी प्रतिवादीको हकमा भने कानुन बमोजिम गर्नु भन्ने आदेश भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस