काठमाडौँ । वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको सुरक्षाका लागि २ हजार ३ सय ८७ प्रहरी परिचालन गरिने भएको छ।
निर्वाचन सुरक्षाबारे जानकारी दिन प्रहरी प्रधान कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले उपनिर्वाचन सुरक्षाका लागि इलाममा १ हजार ३६३ र बझाङमा १०२४ जना प्रहरी परिचालन गरिने जानकारी दिए।
उनले मतदान स्थलको अवस्थाका आधारमा उल्लिखित संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिए।
जसअनुसार इलामका सामान्य मतदान केन्द्रमा ८ देखि १३ जना, संवेदनशील मतदान केन्द्रमा ९ देखि १४ जना र अतिसंवेदनशील मतदान केन्द्रमा १२ देखि १७ जना सुरक्षाकर्मी खटाइने डिआइजी ढुंगेलले जानकारी दिए।
इलाममा ३९ मतदानस्थल सामान्य, २१ संवेदनशील र १९ मतदानस्थल अतिसंवेदनशील रहेको डिआइजी ढुंगेलले जानकारी दिए।
यस आधारमा इलाममा ४७२ जना प्रहरी सामान्य मतदान स्थलमा, २८९ प्रहरी संवेदनशील मतदान स्थलमा र ३१८ जना अति संवेदनशील मतदान स्थलमा खटिनेछन्।
त्यस्तै ११ वटा मोबाइल गाडीमा ७७ जना प्रहरी परिचालन गरिनेछ।
बझाङको उपनिर्वाचन हुन लागेको प्रतिनिधि सभा १ को प्रदेश सभा १ म २७ मतदानस्थल समान्य २४ मतदानस्थल संवेदनशील र २३ मतदानस्थल अतिसंवेदनशील छन्।







