महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट


१२ बैशाख २०८१, बुधबार


जलेश्वर (महोत्तरी) । महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

आज दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उनले बताए। 

“आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खटिएका छन्”, प्रहरी नायव उपरीक्षक जैसवारले भने । आगलागीबाट एक सय ५० भन्दा बढी घरमा क्षति पुगेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस