यस्ता छन् बागमती मन्त्रिपरिषद् बैठकका १४ निर्णय « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

यस्ता छन् बागमती मन्त्रिपरिषद् बैठकका १४ निर्णय


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । वैशाख २४ गते प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्नेसहित विभिन्न १४ वटा निर्णय गरेको हो ।

बैठकले बागमती प्रदेश सभाको अधिवेशन अन्त्यको लागि सिफारिस गर्ने, जिल्ला अदालत मकवानपुरलाई ५ लाख रकम अख्तियारी दिने, स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानिकरण अनुदान रकम स्वीकृति दिने, बागमती प्रदेश स्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्षको स्तरीकरण सम्बन्धी मापदण्ड २०८० संसाधनसहित स्वीकृत गर्ने, वन क्षेत्रको भोगाधिकार तथा रुख कटान सम्बन्धमा जग्गा भोगाधिकार मात्रै लिइ राख्ने, लै‌गिक तथा यौनिक अल्पसङ्ख्यक सम्बन्धी नीति २०८१ को स्वीकृत गर्ने, आव २०७८-७९ को बाँकी भुक्तानी रकम निकासा स्वीकृत गर्ने, वाग्मती प्रदेशमा सरकारी तथा सामुदायिक भवन वा कुनै पनि किसिमको भौतिक संरचना निर्माण गर्दा स्वदेशमै उत्पादन भएका काठ अनिवार्य प्रयोग गर्नुपर्ने, प्रदेश श्रम सल्लाहकार परिषद्को गठन गर्ने, प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने, प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ भएको दिन बागमती प्रदेश भरी सार्वजनिक बिदा दिने, सरकारी कार्यालयका साइनबोर्ड लेटरप्याडमा तीन भाषा नेपाली, तामाङ र नेपाल भाषामा लेख्ने , सशस्त्र प्रहरी बल ३ नं वाहिनीद्वारा गोताखोर तालिम सञ्चालन गर्ने, विपद् स्वयम सेवक समूह निर्माण तथा परिचालन गर्ने र प्रदेश उच्च शिक्षा नियमावली २०७९ को पहिलो संशोधन गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस