काँग्रेस भ्रष्टको कब्जामा छ, घण्टीमा भोट हाल्नुपर्छ : डा. स्वर्णिम वाग्ले « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काँग्रेस भ्रष्टको कब्जामा छ, घण्टीमा भोट हाल्नुपर्छ : डा. स्वर्णिम वाग्ले


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाली काँग्रेस अहिले विकृत, भ्रष्ट, निकम्मा समूहको कब्जामा रहेको आरोप लगाएका छन्।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ८० प्रतिशत भन्दा बढी काँग्रेस गुटले कब्जा गरेको बताएका हुन्।

उनले भने, ‘नेपाली काँग्रेसका धेरै सांसदहरू यहाँ हुनुहुन्छ, थोरबहुत परिचय हाम्रो पुरानै हो। म पनि बिपी कोइरालाको अनुयायी हुँ। आजका दिनमा पनि मेरा राजनीतिको रोल मोडल उहाँ नै हुनुहुन्छ। तर, के बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली काँग्रेस छ आज यहाँ ? काँग्रेसभित्र आज एउटा प्रवृत्ति छ त्यसले पार्टीमा हालीमुहाली चलाएको छ । ८० प्रतिशत जति त्यो गुटले कब्जा गरेको छ, त्यसैले त्यो विकृत, भ्रष्ट, निकम्मा समूहको प्रतिनिधि पनि यहाँ उम्मेदवार बनाइएको छ।’

टिकट किन्नेहरूलाई जवाफ दिनको लागि सच्चा काँग्रेसले घण्टीमा भोट हाल्नुपर्ने बताए।

उनले थपे, ‘त्यसैले काँग्रेसको साँच्चै माया गर्ने, बिपीको आदर्शबाट प्रभावित भएर काँग्रेसमा लाग्नुभएको, लोकतान्त्रिक आन्दोलनको संघर्षबाट आउनुभएको भेषराज आचार्यजस्तो मान्छेले टिकट नपाउने काँग्रेसमा के सन्देश दिनुपर्छ ? आफ्नै पार्टी सुधार्नको लागि पनि घण्टीमा भोट हाल्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस