काँग्रेस सांसद गुरुङको निलम्बन फुकुवा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काँग्रेस सांसद गुरुङको निलम्बन फुकुवा


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको थियो।

सर्वोच्चको आदेश कार्यान्वयन गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयका अनुसार सर्वोच्चको आदेश कार्यान्वयन गर्न लागिएको हो।

सांसद गुरुङको निलम्बन बदर भएको सूचना बुधबार प्रकाशित गर्ने तयारीसमेत गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस