मन्त्री भण्डारीले भने-विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राख्नुपर्छ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मन्त्री भण्डारीले भने-विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राख्नुपर्छ


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताएका छन्।

खानी तथा भूगर्भ विभाग र महिला पत्रकारको समूह सम्बाहिका समाज नेपालले गोरखा भूकम्पको सम्झनामा बुधबार खानी विभाग लैनचौरमा आयोजना गरेको बृहत् फोटो प्रदर्शनीको शुभारम्भ गर्दै उनले भूकम्पका बारेमा सचेत र सजग बनाउनका लागि विद्यालयको पाठ्यक्रममा जानकारी राखिनुपर्ने बताएका छन्।

‘भूकम्पले पुर्‍याएको क्षतिबारे व्यक्तिले बिर्सन सक्छ, तर राज्यले बिर्सन मिल्दैन, विद्यालयको पाठ्यक्रममा भूकम्पबारे जानकारी दिन सरकारकातर्फबाट मैले पहल गर्छु,’ उनले भने।

उनले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।

नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्र भएकाले भूकम्पको विस्तृत अध्ययन गर्दै पूर्ण सावधानी अपनाउनु जरुरी रहेको उनको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस