स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम


१२ बैशाख २०८१, बुधबार


गण्डकी । रोजगारीको खोजीमा युवा जमात बिदेसिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्षित तालिम सञ्चालन गरेको छ ।

‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम,  ब्युटी पार्लर र लोक सेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए। बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्य तालिम सञ्चालन गरिएको उनले बताए ।

तालिममा  ४५ जना युवायुवती सहभागी छन् । सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना र  लोक सेवा आयोगको तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस