फेवातालमा डुंगा दुर्घटनामा परेका ५ जनाको सकुशल उद्धार « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

फेवातालमा डुंगा दुर्घटनामा परेका ५ जनाको सकुशल उद्धार


११ बैशाख २०८१, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरेको छ ।

मंगलबार दिउँसो अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेको डुंगा दुर्घटनामा परेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

काठमाडौँ महानगरपालिका-२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षिया आशिफा भानु, ५४ वर्षिया अनैजा दिल शाह, ८ वर्षिया रजिना खातुन र करिब डेढ वर्षिया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

यसअघि चैत्र २९ र २५ गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो । सो दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस