धरानको खानेपानी पूर्वाधार विकासबारे मन्त्रीसँग छलफल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

धरानको खानेपानी पूर्वाधार विकासबारे मन्त्रीसँग छलफल


११ बैशाख २०८१, मंगलबार


काठमाडौँ । धरानको खानेपानी समस्यालाई दीर्घकालीन समाधान र भौतिक पूर्वाधार निर्माणलगायतका विषयमा धरानका जनप्रतिनिधि तथा नेकपा एमाले नेताहरूले सम्बन्धित मन्त्रीहरूसँग छलफल गरेका छन् ।

मंगलबार बिहान मन्त्री निवास पुल्चोकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग धरानबाट आएको टोलीले छलफल गरेको हो ।

झापादेखि सुनसरीका विभिन्न स्थानमा निर्माण कार्य रोकिएको मदन भण्डारी राजमार्गको कामलाई सुचारु गर्न, रानी धरान सडक विस्तारको कामलाई तीव्रता दिँदै तरहरा धरान जंगल क्षेत्रको सडक निर्माणका कामलाई गति प्रदान गर्न, डीपीआर भइसकेको धरान लेउती सुरुङ मार्ग बहुद्देश्यीय योजनालाई सञ्चालन गर्न उपप्रधानमन्त्रीसमेत रहेका महासेठसँग छलफल भएको टोलीका सदस्य नेता भीमज्वाला राईले बताए ।

उनका अनुसार धरान विष्णुपादुका आहाले सडक स्तरोन्नति, धरान-१३ को वेस क्याप्पदेखि वडा नम्बर ४ जोड्ने शिवजट्टा सडक निर्माण, धरान-१३ कै गौरामार्ग सडक निर्माण बक्लौरी पञ्चायन धरान-१९ सडक स्तरोन्नति, पानबारी सेउती पुल सडक स्तरोन्नति, चतरा मिलनचोक चियाबारी बराह क्षेत्र सडक निर्माण र बाङ्गे नडाहा जोड्ने रणनीतिक सडक विस्तारलाई निरन्तरताका विषयमा छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस